Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

images
  • समाचार
  • चैत्र ८, २०७८ मंगलवार ११:५५ बजे
  • 454
    SHARES
  • images

    काठमाडौं, चैत ८ । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयक माथि छलफल हुनेछ।

    बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए।

    उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नेछन्।

    images
  • सम्बन्धित विषय:

  • # bagmati pradesh shava

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology