काठमाडौं, चैत ७ । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। चार हजार ७५२ जनाको परीक्षण गर्दा कुल ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा र १७ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ। सोहि अवधिमा १४७ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा ५९ हजार ३७८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा हाल ३ तीन हजार १ सय ३५ जना सक्रिय सङ्क्रमित छन्।




