Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

images
  • खेलकुद
  • चैत्र ७, २०७८ सोमवार १५:३९ बजे
  • 586
    SHARES
  • images

    काठमाडौं, फागुन ७ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत खेलमा युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर  २०२ रन बनाएको हो। युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए। यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए। बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए।

    करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए। यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १\१ विकेट लिए। नेपालले अहिले यूएई बिरुद्द ब्याटि ङ गरिरहेको छ।

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology