काठमाडौं, चैत ७ । आईसीसी विश्वकप क्रिकेट लिग टुमा यूएई र नेपालको खेल सुरु भएको छ। यूएई विरुद्ध नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।
खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु भएको हो। नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ। आसिफ शेख, कमल सिंह ऐरी र सागर ढकालको स्थानमा विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफलाई टिममा राखिएको छ।
पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छन्।




