नायक टाइगर श्राफको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक भएको छ। हिरोपन्ती१ बनाईसकेका अहमद खानले पुन फेरी पनि हिरोपन्ती २ निर्देशन गरेका हुन् l फिल्ममा टाइगरलाई तारा सुतारिया र नवाजुद्दीन सिद्धिकीले पनि मुख्य भूमिका निर्वाह गरेर साथ् दिएका छन् |साजिद नाडियाडवालाले निर्माण गरेको फिल्म आउने अप्रिल २९ देखि हलमा रिलिज हुँदै छ l रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दिन लैला नामक खलपात्रको भूमिकामा देखिएका छन् ।




