Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाली राष्ट्रिय फुटबल टिम जेठ ११ गते इराकतर्फ प्रस्थान गर्ने

नेपाली राष्ट्रिय फुटबल टिम जेठ ११ गते इराकतर्फ प्रस्थान गर्ने

images
  • खेलकुद
  • जेठ ६, २०७८ बिहिवार ०७:३० बजे
  • 682
    SHARES
  • images

    Anfa-Office.jpgकाठमाण्डौ । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम जेठ ११ गते इराकतर्फ प्रस्थान गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम जेठ ११ गते इराक प्रस्थान गर्ने जानकारी दिएको हो । जेठ १५ गते मा बसरा अन्तराष्ट्रिय मैदानमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

    इराकसँगको मैत्रिपूर्ण खेलपछि नेपालले फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले ताइपे, जोर्डन र अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, ७ मा जोर्डन र ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

    नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मैत्रीपूर्ण र विश्वकप छनोटका लागि मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology