Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाल प्रहरीको एआईजी बढुवा सिफारीश बिरुद्ध उजुरी

नेपाल प्रहरीको एआईजी बढुवा सिफारीश बिरुद्ध उजुरी

images
  • समाचार
  • चैत्र ६, २०७८ आइतवार १४:२९ बजे
  • 1.1K
    SHARES
  • नेपाल प्रहरीको एआईजी बढुवा सिफारीश बिरुद्ध उजुरी
    images

    काठमाडौं, चैत ६ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि गरिएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको छ। 

    बढुवाको प्रतिस्पर्धामा बरियताका आधारमा पहिलो नम्बरमा रहेका डिआइजी घनश्याम अर्यालले बढुवा सिफारीशविरुद्ध आयोगस्थित उजुरी सुनुवाई सचिवालयमा उजुरी दर्ता गराएका हुन्। गत चैत १ गते गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको सिफारीश समितिले डीआईजीहरु धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। 

    सिफारिसमा परेका अधिकृतभन्दा आफु बरियतामा माथि भएको भन्दै अर्यालले बढुवा बदर गर्न माग गरेका छन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचका अर्याल मेरिट लिस्टको एक नम्बरमा भए पनि बढुवा सिफारिसमा परेका थिएनन्।  

     

    images
  • सम्बन्धित विषय:

  • # nepal police

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology