Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड

म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड

images
  • समाचार
  • चैत्र ६, २०७८ आइतवार १३:३६ बजे
  • 349
    SHARES
  • म्यादी प्रहरीका लागि आवेदन दिनेको भीड
    images

    काठमाडौं, चैत ६ । एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलेपछि जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै बक्लो  भीड लागेको छ। १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको थियो।

    फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने उल्लेख छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने भनिएको छ ।

    ११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ। १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ। उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ।

    प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवान बराबरको तलब सुविधा ४० दिनको ४४,४४० रुपैयाँ हुनेछ।  उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ।

    images
  • सम्बन्धित विषय:

  • # myadi prahari

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology