Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

images
  • समाचार
  • चैत्र ४, २०७८ शुक्रवार १६:५३ बजे
  • 406
    SHARES
  • images

    काठमाडौं, चैत ४ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्बजनिक गरेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो।

    उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने उल्लेख छ। उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ। त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिने उल्लेख छ।

    ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ।

    images
  • सम्बन्धित विषय:

  • # nirbachan

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology