Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण, ३९२ जना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण, ३९२ जना सङ्क्रमणमुक्त

images
  • समाचार
  • चैत्र ४, २०७८ शुक्रवार १५:२२ बजे
  • 955
    SHARES
  • पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण,  ३९२ जना सङ्क्रमणमुक्त
    images

    काठमाडौं, चैत ४ । पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पाँच हजार ९१४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र तीन हजार ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ। सोहि अवधिमा ३९२ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा मुलुकमा उनन्तीस हजार ३९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै नेपालमा हाल तीन हजार ९९६ जना सक्रिय सङ्क्रमित छन्।

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update
  • # covid nepal

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology