काठमाडौँ, चैत ४ । सोमपालको उत्कृष्ट बलिङसङ्गै आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईले नेपाललाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १ सय ६८ रनमा अल आउट हुन पुग्यो। युएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफा ८१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए। सिपी रिजवान ८५ बलमा ४० रन जोडे। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
चौथो ओभरको पाँचौं बलमा ओपनर चिराग सुरीलाई सोमपालले ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। सुरी आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच भए। १९ वर्षीय विकेटकिपर वृत्य अरविन्द यस खेलमा भने चल्न सकेनन्। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई सोमपालले आसिफबाट ३ रनमा क्याच आउट गराउँदै नेपाललाई प्रमुख सफलता दिलाए।
सोमपालले १० औं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै प्रमुख तीन ब्याटरलाई पेभेलिएन फर्काए। वासिमले २८ बलमा ३ चौका प्रहार गरे। करण केसीले आसिफ खानलाई २ रनमा आसिफबाटनै क्याच गराए। रिजवानलाई ४ औं ओभरको तेस्रो बलमा सन्दीपले स्टम्पिङ आउट गर्दै साझेदारी तोडे । मुस्तफालाई ३९ औं ओभरको पहिलो बलमा दीपेन्द्रले बोल्ड गरेका थिए। सागरको ४१ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बासिल हामिद लङअनमा ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच आउट भए। सागरको ओडिआईमा यो पहिलो विकेट हो।
नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिदै उत्कृष्ट खेल खेले। करण केसीले ७।३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। सन्दीपले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए। दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए। सागर ढकालले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए।
ँबअभदययपण्त्धभभतण्
आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईले नेपाललाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६।३ ओभरमा १ सय ६८ रनमा अल आउट हुन पुग्यो। युएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफा ८१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए। सिपी रिजवान ८५ बलमा ४० रन जोडे। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
चौथो ओभरको पाँचौं बलमा ओपनर चिराग सुरीलाई सोमपालले ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। सुरी आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच भए। १९ वर्षीय विकेटकिपर वृत्य अरविन्द यस खेलमा भने चल्न सकेनन्। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई सोमपालले आसिफबाट ३ रनमा क्याच आउट गराउँदै नेपाललाई प्रमुख सफलता दिलाए।
सोमपालले १० औं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै प्रमुख तीन ब्याटरलाई पेभेलिएन फर्काए। वासिमले २८ बलमा ३ चौका प्रहार गरे। करण केसीले आसिफ खानलाई २ रनमा आसिफबाटनै क्याच गराए। रिजवानलाई ४ औं ओभरको तेस्रो बलमा सन्दीपले स्टम्पिङ आउट गर्दै साझेदारी तोडे । मुस्तफालाई ३९ औं ओभरको पहिलो बलमा दीपेन्द्रले बोल्ड गरेका थिए। सागरको ४१ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बासिल हामिद लङअनमा ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच आउट भए। सागरको ओडिआईमा यो पहिलो विकेट हो।
नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिदै उत्कृष्ट खेल खेले। करण केसीले ७.३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। सन्दीपले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए। दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए। सागर ढकालले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए।