Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

images
  • समाचार
  • चैत्र ४, २०७८ शुक्रवार १३:२२ बजे
  • 748
    SHARES
  • संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै
    images

    काठमाडौँ, चैत ४ । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजको संबैधानिक इजलासमा पेसी तोकिएको छ।

    सर्वोच्च अदालतको आजको पेसीसूचिमा सो मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको जनाइएको छ। संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताएका छन्।

    तत्कालीन नेकपा भित्रको आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भए पछि ओली नेतृत्वको सरकारले संवैधानिक परिषद ऐन अध्यादेश मार्फत परिवर्तन गरी उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न मिल्ने प्रवाधान राखी सो नियुक्तिको सिफारिस गरेको थियो।

    संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology