Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

images
  • समाचार
  • चैत्र ४, २०७८ शुक्रवार ११:५५ बजे
  • 619
    SHARES
  • images

    काठमाडौं, चैत ४ । स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ। आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ।

    आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ। जनप्रतिनिधिले उम्मेदवारको मनोनयन अगाडि नै राजीनामा दिनुपर्ने भनिएको छ।

    ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ’,आचारसंहिताको दफा ३६ मा भनिएको छ। 

     

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology