Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

तराई–मधेसमा आज होली मनाइँदै, जनकपुरमा शनिबार मनाईने

तराई–मधेसमा आज होली मनाइँदै, जनकपुरमा शनिबार मनाईने

images
  • समाचार
  • चैत्र ४, २०७८ शुक्रवार ११:२९ बजे
  • 805
    SHARES
  • images

    काठमाडौँ, चैत ४ । आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको तथा रङ्ग र अबिरको पर्व होली तराई–मधेसमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ।

    काठमाडौं उपत्यकासहित देशका हिमाली र पहाडी क्षेत्रमा बिहीबार नै होली मनाएको थियो। हिमाली र पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिन्छ। तर, जनकपुरमा भने शनिबार मात्र होली मनाउने भएको छ।

    १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालु जनकपुरको अन्तरगृह परिक्रमाको भोलिपल्ट होली खेल्ने चलन अनुसार जनकपुरमा शनिबार होली मनाउन लागेको हो। बिहीबार जनकपुर आइपुगेका १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुले शुक्रबार बिहान जनकपुरको अन्तरगृह परिक्रमा सम्पनन गरेका छन्।

    होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # holi festival

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology