Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

images
  • समाचार
  • चैत्र २, २०७८ बुधवार १५:४० बजे
  • 586
    SHARES
  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
    images

    काठमाडौँ, चैत २ । इन्डियन आयल कर्पोरेशन ९आइओसी० ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ।

    आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन ९आन्तरिक० प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ। पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ।

    निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ। सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो।

    निगमलाई मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ। १५ दिनमा मट्टीतेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन ९आन्तरिक० बाट एक करोड १३ लाख र हवाई इन्धन ९अन्तर्राष्ट्रिय०बाट १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ। मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन।

    आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ। मट्टीतेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन ९आन्तरिक०मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन ९अन्तर्राष्ट्रिय०मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ।

    १५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टीतेल ७७० किलोलिटर, हवाई इन्धन ९आन्तरिक० दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ। काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टीतेलको प्रतिलिटर १३३, हवाई इन्धन ९आन्तरिक०को प्रतिलिटर १३६, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिलिटर अमेरिकी डलर १।२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ५७५ रहेको छ।


    सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टीतेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन ९आन्तरिक०मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० मा दुई रुपैयाँ आठ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology