Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपालसामु पपुवा न्युगिनीको २ सय ५ रनको मध्यम लक्ष्य

नेपालसामु पपुवा न्युगिनीको २ सय ५ रनको मध्यम लक्ष्य

images
  • खेलकुद
  • चैत्र २, २०७८ बुधवार १५:०३ बजे
  • 1.4K
    SHARES
  • images

    काठमाडौं, चैत २ । पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ५ रनको मध्यम विजयी लक्ष्य दिएको छ।

    शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनायो। पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिए भने चाद सोपरले ७४ बल खेल्दै २ चौकासहित ३५ रनमा सोमपाल कामीको बलमा बोल्ड भए। तल्लोक्रमका नर्मन भानुवा १२ बलमा चौका र १ छक्कासहित २३ रनमा रन आउट भए ।

    पपुवा न्युगिनीलाई ओपनर टोनी उरा र लेगा सिकायाले पहिलो विकेटका लागि ९।४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए। त्यसपछि प्रमुख ब्याटरले अघि बढाउन सकेनन्। मध्य गतिका बलर आरिफ शेखको आउट साइड अफ बलमा एज लाग्दै उरा विकेटकिपर विनोद भण्डारीबाट २७ रनमा क्याच भए। उराले ३४ बलमा ५ चौका प्रहार गरे।

    १३ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले अर्का ओपनर लेगा सियाकालाई २५ रनमा बोल्ड गरे। उनले ३३ बलमा २ चौका प्रहार गरे। ज्ञानेन्द्रले २४ औं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका प्रमुख ब्याटर तथा कप्तान असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ज्ञानेन्द्रको ओडिआईमा यो पहिलो विकेट हो । हिरी हरी शून्यमा रन आउट भए। रिली हेकुरे ७ बलमा १ चौकासहित ९ रनमा अविजित रहे ।

    नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट लिए। आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए। ज्ञानेन्द्र मल्लले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए।

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology