Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

वैशाखमा भर्ना र जेठ १ गतेदेखि कक्षा सञ्चालन हुने

वैशाखमा भर्ना र जेठ १ गतेदेखि कक्षा सञ्चालन हुने

images
  • समाचार
  • चैत्र २, २०७८ बुधवार १३:०६ बजे
  • 481
    SHARES
  • images

    काठमाडौं, चैत्र २ । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ।

    जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि नयाँ भर्ना वैशाखमै थाल्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आग्रह गरेको छ। कतिपय विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरिएको छ।

    सो को अनुगमन जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने जनाइएको छ। चैतमा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाइ प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरु नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरुको पनि वैशाखमा मात्र आयोजना गर्न आग्रह गरिएको हो।

    कोभिड–१९ ले परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमा गर्न दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। उहाँले भन्नुभयो ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ। कुनै विद्यालयले अनलाइन प्रक्रियाबाट भर्ना अभियान चलाउन खोजे छुट दिइने शर्माले बताए।

    वि. सं २०७९ को शैक्षिक सत्र चैत्र मसान्तभित्र सक्नेगरी पठनपाठन हुने शर्माको भनाइ छ। यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि भर्ना अभियान सञ्चालन गर्ने बताए।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology