Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

images
  • समाचार
  • चैत्र २, २०७८ बुधवार १२:५२ बजे
  • 361
    SHARES
  • images

    काठमाडौँ, चैत २ । जिल्ला प्रशासन कार्यालय चितवनले होलीलाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन्। 

    होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको छ। उक्त सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ।

    यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाललगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ । कसैले अवाञ्छित एवं उछङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology