काठमाडौं, चैत १ । पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सात हजार ८८४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार चार हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा र तीन हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। सोही अवधिमा १३० जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख तीन हजार ५३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै नेपालमा हाल चार हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन्।




