Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर

सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर

images
  • खेलकुद
  • चैत्र १, २०७८ मंगलवार १३:५१ बजे
  • 406
    SHARES
  • सन्दीपलाई दुर्लभ विश्व कीर्तिमानको अवसर
    images

    काठमाडौं, चैत १ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) भ्रमणमा विश्व कीर्तिमान कायम गर्ने अवसर छ।

    ओडिआईमा डेब्यू कप्तानी गर्न थालेका सन्दीपले युएई भ्रमणमा सुरुवाती दुई खेलमा गरि ९ विकेट लिन सके ओडिआई इतिहासमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी बन्नेछन्। सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गरेका सन्दीपले १६ खेलमा ४१ विकेट लिएका छन् । बाँकी दुई खेलमा ९ विकेट लिँदा १८ खेलमै ५० विकेट पूरा हुनेछ ।

    ओडिआई विश्व क्रिकेट इतिहासमा सर्वाधिक छिटो ५० विकेट १९ खेलमा श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले २००९ मा जिम्बाबेविरुद्ध उक्त सफलता हात पारेका थिए । सन्दीपले आइसिसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी र युएईसँगको त्रिकोणात्मक ओडिआई सिरिजको सुरुवाती दुई खेलमा ९ विकेट लिए ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान बनाउनेछन्।

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology