Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फिल्म ‘परस्त्री’को रिलिज मिति तय

फिल्म ‘परस्त्री’को रिलिज मिति तय

images
  • 1.3K
    SHARES
  • images
     आइतवार ललितपुरको बंगलामुखी मन्दिरमा  सुरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को प्रदर्शन मिति घोषणा गरिएको छ । कात्तिक ६ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।  फिल्मको छायांकनका काठमाडौं अनि  मुस्ताङमा हुने निर्माण टिमले बताइएको छ |
    फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्मलाई डिएस डिजिटलको व्यानरमा निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । निर्देशक पाण्डे उनकै छोरा हुन् । फिल्म ‘लभ लभ लभ’बाट सुरजले नायकको रुपमा डेब्यू गरेका थिए । 
    यस फिल्ममा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । निरज पाण्डेको छायांकन रहने फिल्मको कथा ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले तयार पारेका हुन् । एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण हुने फिल्ममा अभिनेता कोशिश क्षेत्री अहिलेसम्मकै भूमिकामा प्रस्तुत हुने जानकारी प्राप्त छ ।

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology