Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा ५८ जनामा कोरोना सङ्क्रमण, मृत्यू सून्य

२४ घण्टामा ५८ जनामा कोरोना सङ्क्रमण, मृत्यू सून्य

images
  • समाचार
  • फाल्गुण ३०, २०७८ सोमवार १६:३३ बजे
  • 1.1K
    SHARES
  • २४ घण्टामा ५८ जनामा कोरोना सङ्क्रमण, मृत्यू सून्य
    images

    काठमाडौं, फागुन ३० । पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पाँच हजार ४१८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ५८ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको छ। सोहि अवधिमा १४८ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा मुलुकमा बयानब्बे हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै नेपालमा हाल चार हजार ८१९ जना सक्रिय सङ्क्रमित छन्।

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology