Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिज खेल्न नेपाली टोली  यूएई प्रस्थान

आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिज खेल्न नेपाली टोली  यूएई प्रस्थान

images
  • खेलकुद
  • फाल्गुण ३०, २०७८ सोमवार १३:४० बजे
  • 562
    SHARES
  • आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिज खेल्न नेपाली टोली  यूएई प्रस्थान
    images

    काठमाडौं, फागुन ३० । आईसीसी विश्वकप लिग दुई अन्तर्गतको सिरिज खेल्न नेपाली टोली  यूएई प्रस्थान गरेको छ। 

    अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपाली टोली सोमबार बिहान त्यहीँबाट यूएई प्रस्थान गरेको हो। श्रीलंकामा नेपालले सिरिजको तयारी स्वरुप चारवटा एक दिवसीय अभ्यास खेल खेलेको थियो। लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा नेपालले घरेलु टोली यूएई र पपुवा न्यू गिनी  विरुद्ध खेल्ने छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले बुधवार पीएनजीविरुद्ध शारजहा क्रिकेट मैदानमा खेल्नेछ।  

    नेपालले ८ खेलमा ४ जित निकाल्दै ८ अंकका साथ अंक तालिकाको छैठौं स्थानमा रहेको छ। यता पीएनजी १२ खेलमा १२ हार व्यहोर्दै बिना कुनै अंक तालिकाको पुछारमा रहेको छ भने यूएई १४ खेलमा ७ जित र एक बराबरीसहित १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology