Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ईपीएस अन्तर्गत कामदार आपूर्तिका लागि आवेदन खुला

ईपीएस अन्तर्गत कामदार आपूर्तिका लागि आवेदन खुला

images
  • समाचार
  • फाल्गुण ३०, २०७८ सोमवार १२:५१ बजे
  • 310
    SHARES
  • ईपीएस अन्तर्गत कामदार आपूर्तिका लागि आवेदन खुला
    images

    काठमाडौँ, फागुन ३० । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गर्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो।

    सो शाखाका अनुसार २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ छ हजार ९१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ श्रमिक लैजाने भएका छन्। एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो, भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नु पर्नेछ।

    सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा पशुपालनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ भित्रै दक्षिण कोरिया पुगेर काम सुरु गर्न सक्नेछन् भने उत्पादनतर्फ छनोट भएका व्यक्तिले सन् २०२३ मा काम सुरु गर्ने जानकारी दि। ईपीएसको आवेदनसँगै खुलाए पनि कृषितर्फको परीक्षा छिटो सञ्चालन गरिने उहाँले जानकारी दिए।

    यस पटक कृषिबाट जाने श्रमिकका लागि परीक्षा ट्यापको माध्यमबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको निर्देशक कटुवालले बताए। उहाँका अनुसार ट्यापको माध्यमबाट लिइने उक्त परीक्षामा दैनिक २०० जना सहभागी हुन सक्ने गरी व्यवस्था गरिएको छ। परीक्षाका लागि सबै व्यवस्थापन नेपालको ईपीएस शाखाले गरे पनि परीक्षा भने दक्षिण कोरिया श्रम तथा मानव संसाधन मन्त्रालयअन्तर्गतको मानव संसाधन विभाग (एचआरडी) कोरियाले गर्नेछ।

    दक्षिण कोरियाले नेपालसहित १६ देशबाट ईपीएसअन्तर्गत रहेर श्रमिक आयात गर्दै आएको छ। अन्य देशको तुलनामा नेपाली श्रमिक मेहनती र इमानदार हुने भन्दै पहिलो प्राथमिकतामा राखेर देखिन्छ। नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत डेढ लाखको हाराहारीमा प्रशिक्षार्थी श्रमिक कोरिया गइसकेका छन्। आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology