काठमाडौँ, फाल्गुन ३० । स्टार खेलाडीद्वय केलियन एमबाप्पे र नेयमार चम्किएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले रेलिगेसनमा रहेको बोर्डेअक्समाथि सानदार जित निकालेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३–० गोलले अन्तरले हरायो।
पीएसजीको जितमा एमबाप्पे र नेयमारसँगै अर्को गोल लियान्द्रो ड्यानियल पारेडेसले गरे। एम्बाप्पेले २४औँ, नेयमारले ५२औँ र पारेडेसले ६१औँ मिनेटमा गोल गरेका हुन्। जितसँगै पीएसजीले शीर्षस्थानमा १५ अंकको अग्रता लिएको छ। पीएसजीको २८ खेलबाट ६५ अंक पुगेको छ।
दोस्रो स्थानमा रहेको मार्सेली र तेस्रो स्थानमा रहेको निसको समान ५० अंक छ। समान खेलबाटै मार्से र निसको ५० अंक छ। पराजित बोर्डेअक्स २२ अंक सहित अन्तिममा छ। आइतबार रातिनै भएको खेलमा मार्सेलीले ब्रेस्टलाई ४–१ गोलले पराजित गरेको थियो।




