काठमान्डौको मेयर हुने महानायक हमालको इच्छा जनाएका छन् l मेयर हुने इच्छा एक कार्यक्रममा उनले जागेको बताएका हुन् l महानायक ‘राजेश हमालसँग एकदिन’ नामक कार्यक्रमको ट्रेलरमा हमालले मेयर हुने इच्छा बेक्त गरेका हुन् । ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि,एक पटक काठमाडौँ शहरको मेयर बन्नुपर्छ कि क्या हो म ? भनेर उनी भन्छन् र अझ थप्छन ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएको छैन भाषणमा भने भनिरहेका हुन्छन् | ट्रेलर राजेशकै आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको देखन सकिन्छ र ट्रेलरमा उनले आफ्ना फिटनेस क्रियाकलाप समेत देखाएका छन् । कार्यक्रम प्रसारणको तयारीमा रहेको जानकारी छ |





