Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निर्वाचन सामग्री खरिद प्रक्रिया सुरु

निर्वाचन सामग्री खरिद प्रक्रिया सुरु

images
  • समाचार
  • फाल्गुण २७, २०७८ शुक्रवार ११:१७ बजे
  • 1.2K
    SHARES
  • निर्वाचन सामग्री खरिद प्रक्रिया सुरु
    images

    काठमाडौँ, फागुन २७ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ। आयोगले निर्वाचनमा आवश्यक पर्ने २३ प्रकारका सामग्रीका लागि प्रक्रिया पुर्यायाएका १० वटा सेवा प्रदायक कम्पनीको बोलपत्र स्वीकृत गरेको छ। 

    आयोगले निर्वाचन तयारीबारे जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १० वटा ‘क्लस्टर’ बनाएर सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा फागुन २२ गतेको आयोग पदाधिकारीको बैठकले बोलपत्र स्वीकृत गरेको जानकारी दिए।

    प्रवक्ता अर्यालले १० वटै कम्पनीसँग खरिद सम्झौता भइरहेको जानकारी दिए। आयोगले खरिद सम्झौताका लागि बिहीबारसम्मको समयसीमा तोकेको थियो। १० वटै छुट्टाछुट्टै प्याकेजमा आयोगले २७ करोड १९ लाख ५२ हजार ८०६ रुपियाँ खर्चिनेछ।आयोगका अनुसार १० वटा प्याकेजको २३ वटा सामग्रीमध्ये सबैभन्दा बढी मतदान स्थलको गोपनीयताका लागि प्रयोग गरिनु पर्दा र छेकबारामा १२ करोड ७८ लाख ९१ हजार रुपियाँ खर्चिनेछ। आयोगले निर्वाचनमा करिब २२ हजार मतदान केन्द्र हुने अनुमान गरेको छ ।

    सहायक प्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकअन्तर्गतका कार्यक्रम, निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको नामावलीको अध्ययन भइरहेको जानकारी दिए।
    स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको छ। आयोगले निर्वाचनमा भाग लिन फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको थियो। आयोगले सात दिनभित्र निवेदन परेको दलको जाँचबुझ गर्नुपर्ने कानुनी व्यवस्था छ।

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology