Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रदिप खड्का अभिनित फिल्म प्रकाशको रिलिज मिति तय

प्रदिप खड्का अभिनित फिल्म प्रकाशको रिलिज मिति तय

images
  • 727
    SHARES
  • images
      अभिनेता प्रदीप खड्काको फिल्म ‘प्रकाश’को खड्काकै जन्मदिनको अवसर पारेर  गएको बिहीवार प्रदर्शन मिति तय  गरिएको छ । निर्माण टिमले आउँदो भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै  फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्के लाई देखन सकिन्छ ।  
     
    दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा महेन्द्र अधिकारीको निर्माण  छ | प्रदीप र दीयासँगै यस फिल्ममा  प्रकाश घिमिरे, रेनु योगी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, रामबाबु रेग्मी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ भने विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । 

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology