Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपालले दियो श्रीलंका पुलिस क्लबलाई ३ सय ३२ रनको विशाल लक्ष्य

नेपालले दियो श्रीलंका पुलिस क्लबलाई ३ सय ३२ रनको विशाल लक्ष्य

images
  • खेलकुद
  • फाल्गुण २६, २०७८ बिहिवार १४:१४ बजे
  • 784
    SHARES
  • नेपालले दियो श्रीलंका पुलिस क्लबलाई ३ सय ३२ रनको विशाल लक्ष्य
    images

    काठमाडौं, फागुन २६ । नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबलाई ३ सय ३२ रनको विशाल लक्ष्य दिएको छ।

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३१ रन बनायो। नेपालका लागि रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल र करण केसीले अर्धशतकीय इनिङ खेले। तेस्रो नम्बरका युवा ब्याटर रोहित कुमार पौडेलले सर्वाधिक ७२ रनको योगफल दिए।

    नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात दिलाएका थिए। कुशल ५७ र आसिफ ५२ रनमा आउट भए। त्यसपछि नेपालको इनिङ रोहितले सम्हाल्लेका थिए। आरिफ शेख ३५, विनोद भण्डारी ३, भीम सार्की २ र पवन सरार्फ ३ रनमा आउट भए।


    तल्लोक्रममा करण केसीले आक्रामक ५३ रनको अविजित इनिङ खेले । कमलसिंह ऐरी ४५ रनमा अविजित रहे। आठौं विकेटका लागि करण र कमलले उत्कृष्ट अविजित ब्याटिङ गरेका थिए। नेपालको टोलीमा आसिफ शेख, आरिफ शेख, करण केसी र कमलसिंह ऐरी टोलीमा फर्किएका छन् । श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव र विक्रम सोबलाई नेपालले पुलिससँगको खेलमा विश्राम दिएको छ।

    यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो। 

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology