Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रमका लागि वीरगञ्जमा

प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रमका लागि वीरगञ्जमा

images
  • समाचार
  • फाल्गुण २६, २०७८ बिहिवार १२:२९ बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री देउवा विभिन्न कार्यक्रमका लागि वीरगञ्जमा
    images

    काठमाडौं, फागुन २६ । प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन्। केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए।

    नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्नुहुने कार्यक्रम रहेको छ।

    आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    images
  • सम्बन्धित विषय:

  • # sher bdr deuwa

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology