Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना चैत दोस्रो साताबाट सुरु हुँदै

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना चैत दोस्रो साताबाट सुरु हुँदै

images
  • समाचार
  • फाल्गुण २६, २०७८ बिहिवार १२:१६ बजे
  • 427
    SHARES
  • images

    काठमाडौं, फागुन २६ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरीले भर्ना गरिने भएको छ । अर्थ मन्त्रालयले उक्त संख्यामा म्यादी प्रहरीको भर्ना लिन स्वीकृति प्रदान गरेको छ। 

    गृह मन्त्रालयले चुनावका लागि १ लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै बजेटका लागि अर्थमा प्रस्ताव पठाएको थियो। त्यसमा अर्थले १८ हजार घटाएर एक लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेको हो।

    बुधबार गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा निर्वाचन सुरक्षासम्बन्धी बैठक बसेको थियो। म्यादी प्रहरीले पोसाक भत्ताको रुपमा ६ हजार र रासन भत्ता सात हजार रुपैयाँ पाउनेछन्। म्यादी प्रहरीलाई ४० दिनको तलब–भत्ता दिइनेछ। चैत दोस्रो साताबाट भर्ना प्रक्रिया सुरु गर्ने गृहको तयारी छ।

    म्यादी भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा दिइनेछ। गृह मन्त्रालयले पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिएको थियो। पछिल्लोपटक ०७४ सालमा तीन चरणमा भएको स्थानीय निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology