काठमाडौँ, फागुन २६ । सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। दुर्घटनामा परेका ५ जना घाइतेको उद्धार गरिएको छ।
घाइतेहरुको उपचारका लागि चैनपुर अस्पताल लगिएको छ। ज्यान गुमाएकाहरुको शव पनि पोष्टमार्टमका लागि चैनपुर नै लगिएको हो। बसमा सवारहरुको विवरण नभएकोले दुर्घटनामा पर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
।
बिहीबार बिहान करिव ७ बजे झापा दमकका लागि मादीबाट बस छुटेको थियो। उक्त बस मादी नगरपालिका ६ रामबेनीमा सडकबाट करिब ४ सय मिटर खसेको थियो।




