Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बेन्जेमाको ह्याट्रिकसङ्गै, पिएसजीलाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा प्रवेश

बेन्जेमाको ह्याट्रिकसङ्गै, पिएसजीलाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा प्रवेश

images
  • खेलकुद
  • फाल्गुण २६, २०७८ बिहिवार ०७:४८ बजे
  • 403
    SHARES
  • बेन्जेमाको ह्याट्रिकसङ्गै, पिएसजीलाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा प्रवेश
    images

    काठमाडौँ, फागुन २६ । फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

    प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रियलले एक गोलले पछि परेको अवस्थामा बेन्जेमाले ह्याट्रिक पूरा गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० लाई ३–१ ले तथा समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो।

    पहिलो लेगमा रियल १–० ले पराजित भएको थियो। दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पिएसजी अन्तिम १६ बाटै बाहिरिन पुग्यो । सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै सानदार जित दिलाए। ३४औं मिनेटमा एमबाप्पेले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पएन।

    एक गोलले पछि रहेको दोस्रो हाफमा रियलले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो। ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ६४औं मिनेटमा बेन्जेमाको शक्तिशाली हेडर पोस्ट नजिकैबाट बाहिरियो। ७६औं मिनेटमा बेन्जेमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।

    लुका मोड्रिचले मैदानको मध्यभागबाट दिएको पासलाई भिनिसियसले नियन्त्रणमा लिदै पुनः मोड्रिचसमक्ष पुग्दा उनको पासलाई बेन्जेमाको प्रहार मार्किन्हसलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। त्यसको दुई मिनेटमा पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ ले अघि बढाउँदै सानदार पूनरागमन जित दिलाए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # psg
  • # real madrid

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology